१७ बैशाख, २०८१ सोमबार

10:47:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सर्वोच्चले नबनाउन भनेको निजगढ विमानस्थल निर्माणका लागि बजेट बिनियोजन

१५ जेठ, २०७९

अर्थमन्त्री शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि ढाँचा निर्माण गरी लगानी बोर्डमार्फत आयोजना विकास कार्य अगाडि बढाइने योजना बजेटमार्फत सार्वजनिक गर्नुभएको हो ।

सर्वोच्चले नबनाउन भनेको निजगढ विमानस्थल निर्माणका लागि बजेट बिनियोजन

काठमाडौं । अदालतले निर्माण रोकेको निजगढ विमानस्थल निर्माणको लागि सरकारले बजेट व्यवस्थापन गरेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९।८० को बजेट प्रस्तुत गर्दै निजगढ विमानस्थल निर्माणको लागि  बजेट व्यवस्थापन गरिएको बताउनुभएको हो।

अर्थमन्त्री शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि ढाँचा निर्माण गरी लगानी बोर्डमार्फत आयोजना विकास कार्य अगाडि बढाइने योजना बजेटमार्फत सार्वजनिक गर्नुभएको हो ।

त्यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने पनि अर्थमन्त्री शर्माले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चापलाई व्यवस्थगित गर्न ट्याक्सी वे र दोस्रो टर्मिनल भवन निर्माणका लागि २ अर्ब २० करोड बजेटमा विनियोजन गरिएको छ । हवाई तथा यात्रु चापको विश्लेषणमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमाानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य अगाडि बढाइने बजेटमा उल्लेख छ ।