१७ बैशाख, २०८१ सोमबार

01:22:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्री देउवासहित शीर्ष नेताको जम्बो टोली निजगढमा, विमानस्थल बनाएरै छाड्ने

Nepal Business

१८ असार, २०७९

बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उहाँहरु काठमाडौंबाट निजगढ पुग्नुभएको थियो । टोलीले निजगढ विमानस्थलका साथै काठमाडौं तराईमधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को अनुगमनसमेत गरेको थियो ।

प्रधानमन्त्री देउवासहित शीर्ष नेताको जम्बो टोली निजगढमा, विमानस्थल बनाएरै छाड्ने

निजगढ,
विवादित निजगढ विमानस्थलबारे फैसलाको पूर्णपाठ सर्वोच्च अदालतले सार्वजनिक गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन दलका नेताहरु शनिबार निजगढ पुग्नुभयो ।

प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्न बारा आएको टोलीले डेढ घन्टाविताएर आवश्यक छलफल गरेको छ। 

प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्न बारा आएको टोलीले डेढ घन्टाविताएर आवश्यक छलफल गरेको छ। 
 
टोलीमा प्रधानमन्त्री देउवासहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, वन मन्त्री रामसहाय यादव, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ र खानेपानी मन्त्री उमकान्त चौधरी लगायत केही सांसद र नेताहरु सहभागि हुनुहुन्थ्यो । 

बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उहाँहरु काठमाडौंबाट निजगढ पुग्नुभएको थियो । टोलीले निजगढ विमानस्थलका साथै काठमाडौं तराईमधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को अनुगमनसमेत गरेको  थियो । 

भ्रमण टोलीका सदस्यहरुले पर्यावरणको दृष्टिकोणले कमभन्दा कम क्षतिमा कसरी विमानस्थल बनाउनुपर्ने सरकारले प्रस्तावसहितको योजना ल्याउने बताउनुभएको छ । 

प्रधानमन्त्री देउवा र शीर्ष दलका नेताहरुले निजगढ विमानस्थल तथा फास्ट ट्रयाक जसरी पनि सरकारले बनाउने प्रतिबद्धता व्यक्त भएको छ ।