२१ माघ, २०८१ सोमबार
02:47:06 PM
२४ असार, २०७९
काठमाडौं । गोली लागेर घाइते हुनुभएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । चुनावी अभियान अन्तर्गत शुक्रबार बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला उहाँमाथि गोली प्रहार भएको थियो ।
गोली लागेपछि बेहोस भएका उहाँलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । उहाँको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।