२४ बैशाख, २०८१ सोमबार

11:40:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गोली लागेका जापानी पूर्वप्रधानमन्त्री अझै बेहोस

२४ असार, २०७९

गोली लागेका जापानी पूर्वप्रधानमन्त्री अझै बेहोस

काठमाडौं । गोली लागेर गम्भिर घाइते हुनुभएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अवस्था चिन्ताजनक रहेको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आबेको स्वासप्रस्वास र मुटुको चालमा समस्या देखिएको छ ।

स्थानीय समयअनुसार शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला उहाँलाई पछाडिबाट गोली प्रहार भएको थियो । उहाँ नारा मेडिकल युनिभर्सिटीमा उपचाररत् छन् । जापानका प्रधानमन्त्री फुमिओ कासिदाले उक्त घटनालाई पाशविक र विद्वेषपूर्ण घटनाको संज्ञा दिदै दोषीमाथि कारबाही हुने आश्वस्त पार्नुभएको छ । आबेको उपचारमा कुनै कमी हुन नदिने र चिकित्सकहरू उनको ज्यान बचाउन भरमग्दुर प्रयासमा रहेको कासिदाको भनाइ छ ।