२४ बैशाख, २०८१ सोमबार

09:34:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार

२४ असार, २०७९

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । शुक्रबार बिहान देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको बेला उहाँमाथि पछाडिबाट गोली प्रहार भएको हो ।

जापानका मिडियाहरुका अनुसार उहाँ बेहोस अवस्थामा रहनुभएको छ । समाचार एजेन्सी एनएचकेका अनुसार गोली लागेको ठाउँबाट रगत बगिरहेको थियो । त्यसपछि उहाँलाई हृदयाघात भएको हुनसक्ने अनुमान छ ।

उहाँलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ । उनको अवस्था गम्भीर छ । गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।