१८ बैशाख, २०८१ मंगलबार

07:14:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, ५०८ जना सक्रिय संक्रमित

२३ असार, २०७९

थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, ५०८ जना सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षण गर्दा ७८ जनामा संक्रमण भएको हो ।

जसमध्‍ये १ हजार ३८४ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २ हजार १३१ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ५०८ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ जना संक्रमणमुक्त भएका छन् ।