२४ बैशाख, २०८१ सोमबार

04:52:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमेरिकी क्षेत्रमा चरम भोकमरी बढ्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

२३ असार, २०७९

अमेरिकी क्षेत्रमा चरम भोकमरी बढ्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रमा भोकमरीको समस्या चरम रुपमा बढ्दै जानसक्ने चेतावानी दिएको छ । राष्ट्र सङ्घीय खाद्य कार्यक्रम (एफएओ) ले उक्त क्षेत्रमा भोकमरीको समस्या चरम रुपमा बढ्ने चेतावानी दिएको हो ।

ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रीय देशहरुमा पछिल्ला दिनहरुमा बढ्दै गएको खाद्य असुरक्षाका कारण भोकमरी बढ्दै जाने अवस्था देखिएको सो कार्यक्रमले जनाएको हो । उक्त क्षेत्रमा हरेक वर्ष खाद्य असुरक्षा बढ्दै गएको र भोकमरीमा परेका नागरिकहरुको संख्या पनि बर्षेनी बढ्दै गहिरहेको देखिएको अधिकारीहरुले जनाएका छन् ।

सन् २०२१ को तुलनामा यस वर्षमात्र कम्तीमा पनि ४० लाख नागरिक भोकमरीको चपेटामा परेका पाइएको अधिकारीहरुले बताएका छन्  । सो क्षेत्रमा सन् २०२० र २०२१ मा सम्ममा करिब ५ करोड ६५ लाख  नागरिक भोकमरीको चपेटामा परेका थिए । साथै यसै अवधिमा यहाँका २६ करोड ८० लाख नागरिकहरु खाद्यान्नको असुरक्षाको अवस्थामा परेका पनि पाइएको समाचारमा जनाइएको छ ।