१८ बैशाख, २०८१ मंगलबार

06:24:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरोना खोपको सहज पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आग्रह

Nepal Business

२३ असार, २०७९

कोरोना खोपको सहज पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आग्रह

काठमाण्डौं । नेपालले राष्ट्रसंघीय फोरमले कोरोना महामारीका कारण विश्वभर देखा परेको संकटको सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै खोपको उत्पादन र वितरणमा समेत सहजता अपनाउन आग्रह गरेको छ । 

अमेरिकाको न्यूयोर्कमा बुधबार आयोजित राष्टसंघीय उच्चस्तरीय फोरममा अति कम विकसित देशमा कोरोनाविरुद्धको खोपको समान पहुँच र स्रोत विषयक सत्रलाई सम्बोधन गर्दै राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख अमृतबहादुर राईले नेपालको धारणा प्रस्तुत गर्नुभएको हो । 

उहाँले अन्तर्राष्ट्रिय समुदायले भ्याक्सिनको उपलब्धतामा विस्तार गरेको विषयलाई प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘भ्याक्सिनलाई अन्तर्राष्ट्रिय सार्वजनिक वस्तुको रुपमा सहज पहुँच होस् भन्ने आह्वान गर्न चाहन्छौँ ।’

यस्तै राष्ट्रसंघीय अफिसियल डेभलपमेन्ट एसिस्टेन्स्अन्तर्गत विकसित देशले आफ्नो कूल राष्ट्रिय आयको ०.७ प्रतिशत अल्पविकसित देशलाई प्रदान गर्नुपर्ने प्रतिबद्धतालाई पूरा गर्न उहाँले अनुरोध गर्नुभयो । 

विभिन्न प्रतिवेदनमा यस वर्ष विश्वभर करिब १० करोड मानिस गरिबीको चरम संकट झेल्न विवश हुने र त्यसमध्ये अधिकांश अल्पविकसित देशका हुने रिपोर्ट सार्वजनिक भएको छ ।
यसलाई चिन्ताको रुपमा लिन अन्तर्राष्ट्रिय समुदायलाई अन्तर्राष्ट्रिय फोरममा जोडका साथ उठाउँदै आएको छ।

अन्तर्राष्ट्रिय समुदायलाई खाद्य, इन्धन र जलवायु परिवर्तनको सङ्कटको सामना गर्न सहकार्य गर्दै अगाडि बढ्न र दिगो विकासका लक्ष्य हासिल गर्नका लागि कार्यान्वयन गर्नुपर्ने विषयमा विगतमा भन्दा बढी सहकार्यको खाँचो रहेको समेत नेपालको धारणा छ।