१८ मंसिर, २०८१ मंगलबार

11:05:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरोनाका कारणले घटेको महिन्द्रा एण्ड महिन्द्राको कारोबार बढ्यो, ४ अर्ब ६५ करोड बढिको कारोबार

Nepal Business

२३ असार, २०७९

कोरोनाका कारणले घटेको  महिन्द्रा एण्ड महिन्द्राको कारोबार बढ्यो, ४ अर्ब ६५ करोड बढिको कारोबार

काठमाण्डौं । महिन्द्रा तथा मास्टर एण्ड एशोसररिज र महिन्द्रा एण्ड महिन्द्राको नेपालको आधिकारिक बिक्रेता दुगड ब्रर्दश एण्ड सन प्रालिले एकै वर्ष ४ अर्ब ६५ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ ।

कोरोना भाइरसका कारण घटेको व्यापार सन् २०२० को तुलनामा २४.२२ प्रतितशले घटेको कारोबार सन् २०२१ मा ५६.९४ प्रतिशतले बढेको कम्पनीले जानकारी दिएको हो । कम्पनीले सन् २०२० मा २ अर्ब ९६ करोड ६० लाख रुपैयाँ र सन् २०१९ मा ३ अर्ब ९१ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले विभिन्न देशबाट सवारी साधन आयात गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीको देशभर २१ वटा दुई पाङ्ग्रे सवारी साधनको डिलर र १५ वटा डिलर महिन्द्रा एण्ड महिन्द्रा सवारी साधनको रहेको छ । त्यसैगरी, कम्पनीको २२ वटा शोरुम छन् ।

ट्रया्क्टर क्षेत्रमा विश्वको सबैभन्दा ठूलो उत्पादनकर्ता तथा भारतको सवारी साधनका ठूलो उत्पादनकर्ता रहेको महिन्द्रा एण्ड महिन्द्रा सन् २०२१ मा १० हजार ५८ वटा सवारी साधन बिक्री गरेको छ ।
कम्पनीले सन् २०२० मा ५ हजार ६८८ वटा मात्रै सवारी साधन बिक्री गरेको थियो । कम्पनीअनुसार सन् २०२१ मा ४ अर्ब बढीको कारोबार गर्दा ४७ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । सन् २०२० मा २९ करोड ८० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

त्यसैगरी, कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमा २ अर्ब ५० करोड ५० लाख रुपैयाँको ६ हजार १०७ वटा सवारी साधन बिक्री गर्ने गरिसकेको छ ।

मोतीलाल दुगडले सञ्चालनमा ल्याएको दुगड ब्रदर्श एण्ड सनले निर्माण महिन्द्रको व्यवसायिक सवारी साधन, निर्माण क्षेत्रमा प्रयोग हुने सवारी साधनमा हाल कम्प्याटर एण्ड एसोसरिज एण्ड पीजीओका दुई पाङ्ग्रे सवारी साधनमा भेष्पा र अप्रिला बिक्री गर्दै आएका छन् ।