७ जेठ, २०८१ सोमबार

06:59:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमै विद्युतीय सवारी साधनहरुको एसेम्बलिङ्ग प्लान्ट स्थापना गर्न नाडालाई प्रधानमन्त्रीको सुझाव

Nepal Business

२३ असार, २०७९

नेपालमै विद्युतीय सवारी साधनहरुको एसेम्बलिङ्ग प्लान्ट स्थापना गर्न नाडालाई प्रधानमन्त्रीको सुझाव

काठमाण्डौं । नाडाका प्रतिनिधिलाई प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय सवारी साधनहरुको एसेम्बलिङ्ग प्लान्ट स्थापना गरी बढदो व्यापारघाटा कम गर्न सुझाव दिनुभएको छ । 

नाडाका प्रतिनिधिले सवारी साधनहरूको आयातमा लागेको प्रतिबन्ध हटाउन गरेको भेटमा प्रधानमन्त्री देउवाले निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध हटाउन सकारात्मक रहेको बताउनुभयो ।

नाडाका अध्यक्ष घुव्र थापाले नेपालमा पैठारी हुने हजारौ वस्तुमध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरुले दोब्बरभन्दा बढी राजश्व योगदान पुर्याएको बताउनुभएको थियो । 

उहाँले बढदो व्यापारघाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै रहेको उनले बताउनुभयो । 

यस्तै कार, जीप र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध फुकाउनका लागि आवश्यक पहल गरिदिन अध्यक्ष थापाले प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो । 

अध्यक्ष थापाले नाडा अटो एक्सपो २०२२ भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाण्डौंको भृकुटिमण्डपमा सम्पन्न गर्ने निर्णय गरेको पनि बताउनुभयो ।