१८ बैशाख, २०८१ मंगलबार

07:56:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि

२२ असार, २०७९

नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि

काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाले गरेको जिन सिक्वेन्सिङ मार्फत परीक्षण गर्दा दुई वटा नुमनामा ‘बीए फाइभ’ पुष्टि भएको हो ।

मंगलबार प्राप्त ३२ वटा नमुनाको नतिजामा दुई जनामा बीए।५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो । संक्रमित केसको नमुना केन्द्रिय डाइनोस्टिक प्रयोगशाला र बेलिहिया नाकाबाट प्राप्त भएको मन्त्रालयले जनाएको छ ।