२६ बैशाख, २०८१ बुधबार

04:17:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भक्तपुर र हेटौँडामा पनि भेटिए हैजाका बिरामी

२२ असार, २०७९

भक्तपुर र हेटौँडामा पनि भेटिए हैजाका बिरामी

काठमाडौं । भक्तपुर र हेटौँडामा पनि हैजाका बिरामी भेटिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिकाको दुवाकोट र हेटौँडा उपमहानगरपालिकामा हैजाका बिरामी भेटिएका हुन्।  दुवाकोटका बिरामीको टेकुमा र हेटौँडाको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ ।

योसँगै हालसम्म २१ जनामा हैजाको संक्रमित पुष्टि भइसकेको छ।  महाशाखाले गर्मी तथा बर्खायाममा झाडापखाला, हैजाजस्ता रोगहरु फैलिने हुनाले उमालेको पानी पिउन र सावधानी अपनाउन आग्रह गरेको छ।