२५ बैशाख, २०८१ मंगलबार

02:01:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तीन व्यवसायलाई २० हजार जरिवाना

Nepal Business

२६ पुस, २०७८

तीन व्यवसायलाई २० हजार जरिवाना

काठमाण्डौं
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार बजार व्यवसायको अनुगमनमा ६ व्यवसायीलाई कारवाही र जरिवाना गरेको छ । तीन व्यवसायलाई जरिवाना, एक व्यवसायीलाई निर्देशन, एक व्यवसायीलाई कागजात माग, र एक व्यवसायीलाई नमुना संकलनकोे माग गरिएको विभागले जनाएको छ ।
तीन व्यवयासीबाट कुल जरिवाना २० हजार गरेको छ । लक्ष्मी मिठाई भण्डार किर्तिपुरमा १० हजार, युनिक ब्वाईज होस्टेललाई  ५ हजार र मनकामना रिसब क्यान्टिन प्रसुतीगृह थापाथली होटल तथा रेस्टुरेन्टलाई  ५ हजार जरिवाना गरिएको छ । 
के पि एण्ड  सन्स खाद्य वस्तुमा नमुना संकलन गरेको छ  ।  एल जि इन्टरनेशनल टे«डिङ कम्पनी विनायक वस्ती खाद्य वस्तुमा व्यवसायी दर्ता तथा खरिद बिक्री सम्बन्धी  कागजात सहित  उपस्थित  हुनु पर्ने भनिएको छ भने रोशन टे««डस विविधमा सामान्य निर्देशन दिइएको छ ।