२० बैशाख, २०८१ बिहिबार

05:27:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै

२२ असार, २०७९

कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै

काठमाडौं। कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक बिहीबार बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक अवरोध गरेयता सदन स्थगन भएको थियो ।

एमालेले आगामी आर्थिक वर्ष २०७९।८० को बजेटको किताब तथ्यगतरूपमा ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने र बजेटमा समेटिएका सुदूरपश्चिमका तीन जिल्ला कर्णालीको बजेटमा हटाउनुपर्ने अडान कायमै राखेको सभामुख राजबहादुर शाहीले बताउनुभएको छ । बिहीबार बिहान ८ः०० बजे सत्ता गठबन्धन दलका प्रमुख र प्रतिपक्षी दलहरूको निर्णायक बैठकबाट सहमति जुटाएर दिउँसो १ः०० बजे सदन चलाउने योजना बनाइएको उहाँले जानकारी दिनुभयो ।