७ मंसिर, २०८१ शुक्रबार
02:05:06 AM
२१ असार, २०७९
काठमाडौं । सानिमा बैंक लिमिटेड र अन्नपूर्ण केबलकारबीच छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकका गण्डकी प्रदेश प्रमुख सुदीपकुमार हलवाई र अन्नपूर्ण केबलकारका महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गर्नुभएको हो ।
उक्त समझदारी अन्तर्गत ग्राहकले सानिमा मोबाइल बैंकिङ मार्फत सानिमा डेबिट।क्रेडिट कार्ड र क्यूआर स्क्यान मार्फत भुक्तानी गर्दा अन्नपूर्ण केबलकारको टिकटमा १० प्रतिशत छुट पाउनेछन् ।