२० बैशाख, २०८१ बिहिबार

08:59:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२ हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा पुग्यो बिजुली

२१ असार, २०७९

२ हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा पुग्यो बिजुली

काठमाडौं । रारा ताल क्षेत्रमा बिजुली पुगेको छ । कर्णाली प्रदेशको मुगुमा दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले विद्युत पुर्याएको हो ।

प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४०० किलोवाट क्षमताको गमगाढ जलविद्युतगृहबाट उत्पादित् विद्युतकरिब २५ किलोमिटर प्रसारणलाइन निर्माण गरी सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत् उपलब्ध गराएको हो ।

त्यस क्षेत्रमा हाल सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र विद्युत् प्रयोग हुँदै आएको थियो । अब जलविद्युतगृहबाट उत्पादित विद्युत् २४ सै घण्टा आपूर्ति हुनेछ । रारा ताल परिसरमा सञ्चालनमा रहेका होटलहरू, कार्यालयहरू र छेउछाउका घरहरूले विद्युत् पाएका छन् । रारा ताल परिसरमा २५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी विद्युत् आपूर्ति गरिएको छ ।