१४ बैशाख, २०८१ शुक्रबार

08:02:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल भलिबल संघको कार्यसमितिको पूर्ण बैठक साउन ५ गते बस्ने

Nepal Business

२१ असार, २०७९

नेपाल भलिबल संघको कार्यसमितिको पूर्ण बैठक साउन ५ गते बस्ने

 काठमाण्डौं । नेपाल भलिबल संघको कार्यसमितिको पूर्ण बैठक साउन ५ गते बस्ने  भएको छ । संघले सूचना जारी गर्दै कार्यसमितिको पूर्ण बैठक साउन ५ गते भक्तपुरमा बस्ने जानकारी दिएको हो । 

बैठकको एजेण्डाका विषयमा जानकारी नगराइए पनि बैठकले संघको निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ । 

कार्यकाल सकिएको करिब दुई वर्ष बितिसक्दा समेत संघको नयाँ निर्वाचन हुन सकेको छैन । १३ औं साग खेलकुद, कोभिड–१९ को प्रकोप र नयाँ ऐनले संघको नयाँ कार्यसमिति आउन नसकेको हो ।

करिब ६ वर्षअघि निर्वाचित कार्यसमितिलेनै अहिले संघ चलाईरहेको छ । संघले आबद्ध ७७ जिल्ला र ६ प्रदेशको निर्वाचन भने सकिसकेको छ ।

विवादको कारण बागमती प्रदेशको निर्वाचन भएको छैन  । यस अघि संघको पूर्ण बैठक पोखरामा बसेको थियो । पोखराको बैठकले असार १० गतेसम्म जिल्ला र प्रदेशको निर्वाचन सक्ने निर्णय गरेको थियो ।
यस्तै बैठकले निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि समेत तोकेको थियो ।