१५ बैशाख, २०८१ शनिबार

05:33:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने बागमती प्रदेशको घोषणा

१० भदौ, २०७९

स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने बागमती प्रदेशको घोषणा

काठमाडौं । बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेको छ । बागमती प्रदेश खेलकुद विकास परिषदले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वर्ण विजेतालाई मासिक ६ हजार भत्ता उपलब्ध गराउने जानकारी गराएको हो ।

बागमतीले प्राथमिकतामा राखेको ९ खेलको स्वर्ण विजेतालाई मात्र मासिक भत्ता दिने जनाएको छ । जसमा फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराते, तेक्वादो, ब्याडमिन्टन र पौडी रहेको छ । त्यस्तै प्रतियोगीतामा सहभागी खेलाडीहरुलाई ४५ दिने बन्द प्रशिक्षणमा राखिने र सो को व्यवस्थापन प्रदेश सरकारले गर्ने बागमती प्रदेशका  युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले जानकारी दिनुभयो ।

बागमती प्रदेशमा खेलाडी छनौट तथा अन्य व्यवस्थापनका लागि ९ करोड ४४ लाख खर्च हुने उहाँले बताउनुभयो । मन्त्री ढकालले बागमती प्रदेशमा कर्मचारी समायोजन संगै प्रशिक्षक, रेफ्री लगाएतका व्यवस्था गर्न केन्द्र सरकारको ध्यानाकर्षण गराइसकेको बताउनुभयो ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुनेछ । नवौंमा ३६ खेलमा प्रतिस्पर्धा हुनेछ । बागमतीले सबै खेलमा सहभागिता जनाउनेछ ।