२४ बैशाख, २०८१ सोमबार

10:27:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रामेछापाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, तीन घाइतेलाइ हेलिकप्टरबाट काठमाडौंँ ल्याइयो

२१ असार, २०७९

रामेछापाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, तीन घाइतेलाइ हेलिकप्टरबाट काठमाडौंँ ल्याइयो

काठमाडौँ । रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको हो ।

रामेछाप जिल्ला प्रशासन कार्यालयका अनुसार मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेको छन्। उक्त दुर्घटनामा अन्य २३ यात्रु घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिनुभयो ।

आज (मंगलबार) बिहान १०ः३० बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ पहाडीले जानकारी दिनुभयो । बस सडकबाट झन्डै ३०÷३५ मिटर तल खसेको छ । उहाँका अनुसार दुर्घटनाको कारण भने खुलेको छैन । अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ ।