७ मंसिर, २०८१ शुक्रबार
10:18:41 PM
२० असार, २०७९
काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सकेसम्म असार महिना मै मौद्रिक नीति ल्याउने बताउनुभएको छ । मौद्रिक नीतिको लागि सुझव संकलन कार्यक्रममा बोल्दै गभर्नरले सकेसम्म असार महिना मै र नसके साउनको पहिलो सातासम्म मौद्रिक नीति ल्याउने बताउनुभएको हो ।
अर्थतन्त्रलाई निकास दिने हिसाबले मौद्रिक नीति आउने र सोहि अनुसारको सुझाव दिन आग्रह उहाँले आग्रह गर्नुभयो । अहिले अर्थतन्त्रको अवस्था हेर्दा संसारका सबै अर्थशास्त्रीले निकालेको थ्योरी एकैपटक लागू गर्नुपर्ने जस्तो अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।
यस्तै उहाँले आर्थिक ऐन आइसकेकोले कतिपय व्यवस्थालाई मौद्रिक नीतिमार्फत केही गर्न नसकिने बताउनुभयो । सोही कार्यक्रममा बोल्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले सेयर कर्जामा धेरै नियन्त्रण नगर्न राष्ट्र बैंकलाई सुझाव दिनुभयो ।
यस्तै उहाँले मर्जर तथा प्राप्तिका कारण सेयर कारोबार रोक्का हुन नहुने व्यवस्था गर्न र ब्रोकर मार्फत मार्जिन लेन्डिङको व्यवस्था सहज गर्नुपर्ने पनि सुझाव दिनुभयो ।उहाँले पहुँच र पावरको दुरुपयोग गरेर जति पनि कर्जा दिने र लिने लाई कारबाहि गर्नु पर्नेमा सबै लाई एकै डालोमा राखेर नीति बनाउन नहुने बताउनुभयो ।
यस्तै कमजोर र बलियो संस्थाको सेयरमा एकै प्रकारको मार्जिन नियम पनि वैज्ञानिक नभएको भन्दै यो व्यवस्था पनि संशोधन गर्नुपर्ने सुझाव दिनुभयो ।