९ मंसिर, २०८१ आइतबार

07:01:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनआईसी एशिया बैंकका ग्राहकहरुले एनटीसी नेटवर्कमा निःशुल्क डिजिटल बैंकिङ चलाउन सक्ने

Nepal Business

१९ असार, २०७९

एनआईसी एशिया बैंकका ग्राहकहरुले एनटीसी नेटवर्कमा निःशुल्क डिजिटल बैंकिङ चलाउन सक्ने

काठमाण्डौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेसट बैंकिङ नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनटीसी नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ । 

यस सुविधामार्फत बैंकका ग्राहकले नेपाल टेलिकमको डाटा प्रयोग गरी एनआईसी एशिया मोबैंक एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेसट बैंकिङ सुविधा निःशुल्क प्रयोग गर्न सक्नेछन।

यसका साथै बैंकले यसअघि एनसेलको नेटवर्कमा पनि (एनआईसी एशिया मोबैंक) एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेसट बैंकिङजस्ता सुविधा निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ ।

अब एनटीसी र एनसेलको निःशुल्क डाटा सुविधाको प्रयोग गरी यस बैंकका ग्राहकले निम्नलिखित सेवाहरु उपभोग गर्न सक्नेछन् ।