६ मंसिर, २०८१ बिहिबार
08:51:34 PM
२५ पुस, २०७८
काठमाण्डौं
लायन्स क्लबर भोमी अस्पतालको आयोजनामा साहारा जेष्ठ नागरिक समाजमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब काठमाण्डौं सोसियल फ्रेण्ड, लायन्स क्लब काठमाण्डौं युनाइटेड सेन्ट्रल र भोमी अस्पताल संयुक्त आयोजनामा काभ्रेको पनौति नगरपालिका १० खोपासी स्थित साहारा जेष्ठ नागरिक समाजमा रहेका बृद्धबृद्धाहरुको निशुल्क स्वास्थ चेकजाँच गरिएको हो।
२०७० सालामा स्थापना भएको उक्त संस्थामा ६० बर्ष भन्दा माथिका बृद्धबृद्धाहरु छन् । उक्त समाजमा रहेका बृद्धबृद्धाहरुको जनरल चेकअप, सुगर जाँच, फिजियोथेरापी परामर्श, ब्लड प्रेसर, पिसाब जाँच र निशुल्क इसीजिको चेक जाँच गरिएको हो। लायन्स क्लब काठमाण्डौं र भोमी अस्पतालको सहकार्यमा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविरमा ९५ जनाले स्वास्थ्य चेकजाँच गरेका थिए ।
दैनिक रुपमा भजन कृतन गरेर मनोरञ्जनात्क कार्य गर्ने गरिएको साहारा जेष्ठ नागरिक समाजका महासचिव भुषणकुमार श्रेष्ठले जानकारी दिनुभयो । साथै जन्मदिन र बैवाहिक जीवनमा बाधिएको अवसरमा पनि त्यहाँ कार्यक्रम मनाउने गरिएको उँहाले बताउनुभयो ।
भोमी अस्पताल म्यानेजर राजेश कुमार शाहीका अनुसार शिविरको आयोजना गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा यस्ता कार्यक्रममा सहयोग पुग्ने छ । त्यस्तै, भोमी साहारा कार्ड बितरण गरेको उँहाले बताउनुभयो । भोमी साहारा कार्डमा निशुल्क एम्बुलेन्स, निशुल्क चेकअप, निशुल्क परामर्शर अन्य सेवामा विशेष छुट दिने अस्पतालले जनाएको छ ।