२५ बैशाख, २०८१ मंगलबार

06:26:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारत सरकारले बढायो सुनमा भन्सार कर, कति पुग्यो ?

१७ असार, २०७९

भारत सरकारले बढायो सुनमा भन्सार कर, कति पुग्यो ?

काठमाडौं । भारत सरकारले सुन आयातमा लाग्दै आएको भन्सार कर बढाएको छ । भारत सरकारले शुक्रबार यसअघि सुनमा लाग्दै आएको ७.५ प्रतिशतको करलाई बढाएर १२.५ प्रतिशत पुर्याएको छ। 

बढ्दै गएको डलरको मूल्यसँगै घट्दै गएको विदेशी संचितिलाई लिएर चिन्तित देखिएको भारतीय सरकारे सुनमा कर बढाएर आयात कम गर्ने बाटोमा हिँडेको छ । यसो गर्दा भारतीय रुपैयाँलाई थोरै मजबुत बनाउने अनुमान गरिएको छ।  

भारतले मे महिनामा मात्रै ६.०३ अर्ब डलर बराबरको सुन आयात गरेको थियो। जुन गएको एक वर्ष अघिको तुलनामा ९ गुणा बढी हो। मे मा भारतको व्यापार घाटा २४.२९ अर्ब डलर पुगेको थियो।   

गत वर्ष मात्रै सरकारले सुनमा लाग्दै आएको १२.५ प्रतिशतको कर दरलाई घटाएर ७.५ प्रतिशतमा झारेको थियो। सोही कारण पनि गत वर्ष सबैभन्दा बढी सुन आयात भएको थियो। मल्टी कमोडिटी एक्सचेञ्जमा सुनको मूल्य शुक्रबार ३ प्रतिशतले बढेर प्रति १० ग्राम ५१ हजार ९०० भारु कायम भएको छ । यद्यपि शुक्रबार विश्व बजारमा भने सुनको मूल्य घटेको छ ।