२६ बैशाख, २०८१ बुधबार

03:13:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि

१५ असार, २०७९

काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा  १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असार २ गतेदेखि असार १५ गतेसम्ममा (१३ दिनको बीचमा) काठमाडौं उपत्यकामा गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।