७ मंसिर, २०८१ शुक्रबार
10:46:11 PM
१३ असार, २०७९
सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर सहित ३१.५७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
काठमाण्डौं । नागरिक लगानी कोषले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर सहित ३१.५७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कोषले प्रस्ताव गरेको उक्त लाभांश बाट सरकार, सर्वसाधारण, राष्ट्रिय बिमा संस्थान देखि नेपाल स्टक एक्सचेन्ज(नेप्से) सम्म लाभान्वित हुने भएका छन् ।
हाल कोषमा सबैभन्दा बढि सेयर राष्ट्रिय बिमा संस्थानको रहेको छ । कोषमा संस्थानको ३१.५५ प्रतिशत स्वामित्व रहेको छ । त्यसैगरी कोषमा नेपाल सरकारको २३.३४ प्रतिशत, सर्वसाधारणरको २० प्रतिशत, नेपाल स्टक एक्सचेन्जको १० प्रतिशत र बाँकी १५.११ प्रतिशत स्वामित्व विभिन्न बैंक तथा वित्तिय संस्थाहरुको रहेको छ ।
कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको मुनाफाबाट सबैभन्दा बढि बोनस राष्ट्रिय बिमा संस्थानले पाउने छ । संस्थानले कोषबाट ३० लाख ९५ हजार ५५ कित्ता बोनस सेयर प्राप्त गर्ने छ ।
यसैगरी सरकाले पनि कोषबाट गत आर्थिक बर्षको मुनाफा बापत २२ लाख ९० हजार ६३५ कित्ता सेयर प्राप्त गर्ने छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले पनि गत बोनस बापत कोषबाट ९ लाख ८१ कित्ता बोनस पाउने छ भने सर्वसाधारण लगानीकर्ताहरुले १९ लाख ६२ हजार कित्ता बोनस सेयर प्राप्त गर्नेछन् ।
कोषले गत आर्थिक बर्षको मुनाफाबाट लाभांशको घोषणा गरिसकेको भएता पनि हालसम्म साधारण सभा डाकेको छैन भने बुकक्लोज मिति समेत तय गरेको छैन ।