७ मंसिर, २०८१ शुक्रबार
10:53:30 PM
१३ असार, २०७९
काठमाडौं । तीन कम्पनीहरुले केही संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने भएका छन् । कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको केही संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।
कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकका संस्थापक सेयरधनी गणेश बहादुर श्रेष्ठले आफ्नो नाममा रहेको १९ हजार ३३६ कित्ता सेयर बिक्रीका लागि निवेदन दिएको हुनाले उक्त सेयर बेच्न लागेको कम्पनीले जनाएको छ ।
उक्त सेयर खरिद गर्न चााहाने विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।
सिन्धु विकास बैंक
सिन्धु विकास बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको केही संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।
उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय बाह्रबिसे–१ सिन्धुपाल्चोक अर्थात, कर्पोरेट कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा निवेदन पेश गर्न सक्नेछन् ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका संस्थापक सेयरधनी बसन्त प्रसाद जोशीले आफ्नो नाममा रहेको २० हजार कित्ता सेयर बिक्रीका लागि निवेदन दिएको हुनाले उक्त सेयर बिक्री प्रक्रिया अघि बढाइएको कम्पनीले जनाइको छ ।
उक्त सेयर खरिद गर्न चाहाने संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार, गुरुजुको चौर काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
साथै तोकिएको अवधिभित्र सम्बन्धित संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनैपनि आवेदन नपरेको खण्डमा उक्त कम्पनीहरुको सेयर प्रचालित नियमअनुसार अन्य कोही व्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीहरुले जनाएको छ ।