२० बैशाख, २०८१ बिहिबार

05:50:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बजेट छलफल चल्दैगर्दा विरोधका कारण कर्णालीको प्रदेशसभा स्थगित

Nepal Business

१२ असार, २०७९

नेता कँडेलले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको किताब तथ्य नभएको तर सुदूरपश्चिमका तीन जिल्ला पनि कर्णालीको बजेट ल्याएर सीमाना विस्तार गरेको कटाक्ष गर्नुभयो ।

बजेट छलफल चल्दैगर्दा  विरोधका कारण कर्णालीको प्रदेशसभा स्थगित

कर्णाली,
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले कर्णाली प्रदेशसभाको अठारौँ बैठक अवरोध गरेपछि प्रदेशसभा बैठक स्थगित भएको छ ।

प्रतिपक्षी दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले चालु आव २०७८/७९ बजेटमा गठबन्धन सरकारले एमालेसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै चर्को विरोध गर्नुभयो । 

प्रतिपक्षी दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले चालु आव २०७८/७९ बजेटमा गठबन्धन सरकारले एमालेसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै चर्को विरोध गर्नुभयो । 

“बजेट निर्माणका सवालमा पनि सरकारले एमालेसँग सहकार्य गरेर अघि बढ्ने लिखित सहमति भयो,” उहाँले भन्नुभयो, “योजना टुक्र्याउने, मुख्यमन्त्री रोजगार कार्यक्रम सच्याउनेजस्ता काम भयो । हरेक कुरामा सहमति विपरीत कार्य भए । यो एमालेका लागि यो सह्य हुँदैन ।”

नेता कँडेलले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको किताब तथ्य नभएको तर सुदूरपश्चिमका तीन जिल्ला पनि कर्णालीको बजेट ल्याएर सीमाना विस्तार गरेको कटाक्ष गर्नुभयो । 

हुँदै नभएको जिल्ला र भूगोललाई समेटेर ल्याएको बजेटलाई समर्थन गर्न नसकिने र सभा सञ्चालन गर्न नदिने भन्दै एमालेले बैठक अवरोध गरेको थियो ।

बजेटमाथिको सैद्धान्तिक छलफलबाट एमालेले दिएको सुझाव ग्रहण सरकारले नगरेको भन्दै बैठकको काम कारबाही रोकिएपछि सभामुख राजबहादुर शाही एमालेका प्रदेशसभा सदस्यलाई बैठक सञ्चालनका लागि आग्रह गर्नुभयो । 

अवरोध जारी भएपछि सभामुख शाहीले असार १३ गते दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो ।