२६ बैशाख, २०८१ बुधबार

07:30:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप २७ जनामा कोरोना संक्रमण, १६ जना संक्रमण मुक्त

Nepal Business

११ असार, २०७९

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १८८ पुगेको छ ।

 थप २७ जनामा कोरोना संक्रमण, १६ जना संक्रमण मुक्त
काठमाण्डौं । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिका संक्रमण मुक्त हुनेको संख्या १६ रहेको छ । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३७ पीसीआर परीक्षणमा २३ जना र ८६५ एन्टिजेन परीक्षणमा ४ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमधेय १३ जना काठमाडौं उपत्यकाका र बाँकी उपत्यका बाहिरका रहेका छन् ।
 
योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १८८ पुगेको छ । जसमध्ये १८१ जना होम आइसोलेसनमा र ७ जना अस्पतालमा छन् ।
 
अस्पतालमा भएमाभध्ये ४ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।