१७ बैशाख, २०८१ सोमबार

11:25:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ४३ जनामा कोरोना संक्रमण, १४ जना संक्रमण मुक्त

Nepal Business

१० असार, २०७९

यस अवधिमा मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

थप ४३ जनामा कोरोना संक्रमण, १४ जना संक्रमण मुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप ४३ जना कोरोना संक्रमित थपिएका छन् । यस अवधिका संक्रमण मुक्त भएर घर फर्कनेको संख्या १४ रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ३ हजार ५५५ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमा ३२ जना आरटी पीसीआर परिक्षणबाट संक्रमित थपिएका छन् भने ११ जना एन्टीजेन परिक्षणबाट थपिएका थिए ।  

यसैगरी, हालसम्म एक लाख ५० हजार ६१ जनाले कोरोना परिक्षण गरेको र  १८१ जना कोरोनाका संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।