२४ बैशाख, २०८१ सोमबार

06:25:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रीलंककाद्धारा टाट पल्टिएको घोषणा

Nepal Business

९ असार, २०७९

श्रीलंककाद्धारा टाट पल्टिएको घोषणा

काठमाण्डौं । आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकाले आफू टाट पल्टिएको घोषणा गरेको छ । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले टाट पल्टिएको बताउनु भएको हो ।

देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्था पनि नरहेको प्रधानमन्त्री विक्रमासिंघेले बताउनुभएको छ ।

विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै आएको अर्थतन्त्र ढलेको उहाँको भनाइ छ ।

श्रीलंकाका सामु इन्धन, ग्यास, विद्युत र खाद्यान्न अभावको समस्या मात्रै छैन भन्दै उहाँले अवस्था त्यो भन्दा निक्कै नै भयावह रहेको बताउनुभएको छ ।