२१ बैशाख, २०८१ शुक्रबार

05:48:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इस्ट लिंक मोटर्सको व्यापार २७ प्रतिशतले रिबाउन्ड

Nepal Business

९ असार, २०७९

 इस्ट लिंक मोटर्सको व्यापार २७ प्रतिशतले रिबाउन्ड

काठमाण्डौं । टोयोटा गाडीको बेच्ने युनाइटेड ट्रेडर्स सिन्डिकेटको वागमती डिलर इस्ट लिंक मोटर्सको सन् २०२१ मा कारोबार बढेको छ । कम्पनीले २०२१ मा एक अर्ब ३६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । 

कम्पनीले २७ प्रतिशतले आफ्नो व्यापार रिबाउन्ड गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ । कम्पनीले २०२० मा एक अर्ब सात करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।

२०२० मा कम्पनीको व्यापार ४४ प्रतिशतले घटेको थियो।  इस्ट लिंक मोटर्सले टोयोटाको पेसेन्जर गाडी बिक्री गर्छ । 

टोयोटाको निकै लोकप्रिय एसयूभी सेग्मेन्टहरु प्राडो, ¥याभ–४ र फर्चुनरले व्यापार बढाउन सघाएको बताइएको छ ।

प्राडो, फर्चुनर र हाइलक्स कम्पनीको बिक्री हुने शीर्ष मोडलहरु हुन् । इक्रा नेपालका अनुसार २०२१ मा यो मोडलहरुको बिक्रीबाट कम्पनीले कुल आम्दानीको ८३ प्रतिशत कमाएको छ । २०२० मा यो ७५ प्रतिशत थियो।  

इस्ट लिंक मोटर्ससँग लैनचौर र कुपण्डोलमा गरी दुईवटा आफ्नै शोरुम छ । कम्पनीले ७५ करोड ५० लाख रुपैयाँ कर्जाका लागि इक्रा नेपालबाट एनपी ए फोर प्लस रेटिङ पुनःपुष्टि गरेको छ।