२६ बैशाख, २०८१ बुधबार

12:29:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वाणिज्य विभागद्धारा शिखर दिप एग्रो प्रालिाई ५० हजार जरिवाना, ९ वटा व्यवसायिक फार्ममा अनुगमन

Nepal Business

२३ पुस, २०७८

वाणिज्य विभागद्धारा शिखर दिप एग्रो प्रालिाई ५० हजार जरिवाना, ९ वटा व्यवसायिक फार्ममा अनुगमन

पुस २३, काठमाण्डौं
सिर्जना राउत
आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा शिखर दिप एग्रो प्रालिको खाद्य वस्तुमा छापा मार्दा ५० हजार जरिवाना गरेको छ । 
बजार अनुगमनमा ९ व्यवसायलाई कारवाही र जरिवाना गरेको छ । अनुगमन गरेको मध्ये ७ वटा व्यवसायलाई निर्देशन दिएको छ भने २ वटा व्यवसायलाई जरिवाना गरिएको छ ।  जरिवाना संख्या २ सहित कुल जरिवाना रकम ६५ हजार रहेको छ । 
रानी सती इन्टरनेशनल प्रा.लि कुलेश्वरमा खाद्य वस्तुमा स्वास्थ्य मापदण्डको पालना गरि व्यवसाय सञ्चालन गर्ने निर्देशन दिएको छ । स्वस्तिक आयल इण्डस्ट्रि प्रा.लि नरेफाट खाद्य वस्तुमा स्वास्थ्य मापदण्डको पालना गरि व्यवसाय सञ्चालन गर्ने निर्देशन दिएको छ । 
सौरभ फुड प्रोडक्टस नरेफाट  खाद्य वस्तुमा स्वास्थ्य  मापदण्डको  पालना गरी व्यवसाय सञ्चालन गर्ने निर्देशन दिएको छ । सौरभ फुड  प्रोडक्टस नरेफाट खाद्य वस्तु स्वास्थ्यको मापदण्ड पालना गरि व्यवसाय सञ्चालन गर्ने निर्देशन दिएको हो । 
शिखर दिप एग्रो प्रा.लि  खाद्य वस्तुमा ५० हजार जरिवना गरिएको छ । कृष्ण इन्टेरीअर डेकोरेटर प्रा.लि  विविधमा १५ हजार जरिवाना गरिएको छ ।  ॐसाइ हार्डर्वयर सेन्टर बालाजु हार्डवयरमा मूल्यसुची थप व्यवस्थित गर्ने स्वास्थ्य  मापदण्डको पालना गरी व्यवसाय सञ्चालन गर्ने निर्देशन दिएको छ । के.के हार्डर्वयर हाउस बालाजु हार्डवयर मा मूल्यसुची थप व्यवस्थित गर्ने स्वास्थ्य मापदण्डको पालना गरि व्यवसाय सञ्चालन गर्ने निर्देशन दिएको छ ।