२० बैशाख, २०८१ बिहिबार

01:30:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमा २४ जनामा ओमिक्रोन पुष्टि. अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन

Nepal Business

२३ पुस, २०७८

नेपालमा २४ जनामा ओमिक्रोन पुष्टि. अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन


पुस २३, काठमाण्डौं

नेपालमा पछिल्लो पटक २४ जनामा ओमिक्रोन पुष्टिभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयले ओमिक्रोनको कारणले हुनसक्ने अत्याधिक विरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएको छ । 
मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्रका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पोजिटिभ नमूनाको जिन सिक्वन्सिङ गर्दा २५० नेगेटिभ पत्ता लाग्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको हो । यसअघि नेपालमा तीन जनामा ओमिक्रोन पुष्टि भएको थियो । योसँगै नेपालमा ओमिक्रोन पुष्टि हुनेको सङ्ख्या २७ पुगेको छ ।