२१ बैशाख, २०८१ शुक्रबार

03:28:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

होण्डाको ‘होण्डा मनसुन एक्सचेन्ज’ अफर

Nepal Business

६ असार, २०७९

होण्डाको ‘होण्डा मनसुन एक्सचेन्ज’ अफर

काठमाण्डौं । होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेन्ज’ नामक आकर्षक ग्राहक मुखी उपहार योजना लिएर आएको छ ।

प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा ४ हजार रुपौयँसम्मको क्यासब्याक पनि हात पार्न सकिने कम्पनीले जनाएको छ। 
 फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ । योजना २०७९ असार ५ गते देखि असार १० गतेसम्म मात्रै लागू  हुनेछ । यस योजना 
अन्तर्गत उपत्यका भित्रका ग्राहकहरूले मात्रै सहभागिता जनाउन सक्नु हुनेछ ।

 नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।