२५ बैशाख, २०८१ मंगलबार

03:19:19 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भिआइपी हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य

Nepal Business

५ असार, २०७९

मौसमको अवस्था, पाइलटको स्वास्थ्य अवस्था, भौगोलिक अवस्था आदि स्थितिका आधारमा कतिपय उडानमा एउटा पाइलटले सर्वसाधारणका लागि चार्टर उडान भने गर्न पाउनेछन् ।

भिआइपी हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य

काठमाडौँ,
नागरिक उड्डयन प्राधिकरणले आइतबार भिभिआइपी हेलिकप्टर उडानमा अनिवार्य दुईजना पाइलट हुनुपर्ने निर्णय गरेको छ । 

राज्यले भिभिआइपी भनेका व्यक्तिहरुलाई एकल पाइलट भएको उडानबाट ओहोरदोहोर गराउन नपाइने भनेर निर्णय भएको र सोमबार सबै हेलिकप्टर कम्पनीलाई परिपत्र जारी गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई अधिकारीले जानकारी दिनुभयो । 

हाल नेपालमा १० वटा निजी हेलिकप्टर कम्पनी रहेका छन् । प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकले अबदेखि अन्य सर्वसाधरणले गर्ने चार्टर उडानमा पनि दुइटा पाइलट अनिवार्य राख्नुपर्ने निर्णयसमेत गरेको छ ।