२ जेठ, २०८१ बुधबार

04:36:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दाङमा पूर्वमन्त्री चढेको गाडी दर्घटना, १० जना घाइते

Nepal Business

२९ बैशाख, २०७९

घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ

दाङमा पूर्वमन्त्री चढेको गाडी दर्घटना,  १० जना घाइते

दाङ । पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी दुर्घटनामा परेको छ ।

सल्यानबाट दाङ आउँदै गरेको गाडी दुर्घटनामा परी बस्नेतसहित १० जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

उहाँका अनुसार तुलसीपुर उपमहानगर–३ राणा गाउँमा बलेरो र एम्बुलेन्स ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी पूर्वमन्त्री बस्नेतको टाउकोमा चोट लागेको छ ।

माओवादीका नेता एवं पुर्वमन्त्री बस्नेत सवार बा ८ च ६९२५ नम्बरको बोलेरो र दाङबाट सल्यानतर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको एम्बुलेन्ससँग ठोक्किदा दुर्घटना भएको थियो ।

घाइते बस्नेतसहित १० जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।