२२ बैशाख, २०८१ शनिबार

02:08:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारी साधनहरुको भाडा वृद्धि, अब गाडी चढ्नेले कति तिर्नुपर्छ भाडा ?

२६ चैत, २०७८

बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारी साधनहरुको भाडा वृद्धि, अब गाडी चढ्नेले कति तिर्नुपर्छ भाडा ?

काठमाण्डौं । बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारी साधनहरुको भाडा वृद्धि भएको छ । वृद्धि भएको भाडा वैशाख १ गतेदेखि लागू  हुने श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले जानकारी दिएको हो ।

उपत्यका सहित वागमति प्रदेशमा सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।

नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ,  १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ,  २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

वागतमी प्रदेशमा चल्ने ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । अब वेटिंग चार्ज प्रतिमिनेट १.२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।