२० बैशाख, २०८१ बिहिबार

12:29:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरोना संक्रमित बढ्दै, थप ५४० जनामा कोरोना संक्रमण पुष्टि

Purnima BK

२२ पुस, २०७८

कोरोना संक्रमित बढ्दै, थप ५४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं

नेपालमा कोरोना भाइरसको क्रमण उकालो लागेको छ। पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार ४३५ जना संक्रमित थपिएका थिए भने मंगलबार ३९३ जना थपिएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १ जना कोरोना संक्रमितको ज्यान गएको छ। यस यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बिहीबार २७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर ५ हजार ४३१ सक्रिय संक्रमित रहेका छन्। 

यस्तै २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३१० जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा २२१, भक्तपुरमा ३० र ललितपुरमा ५९ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  गत २४ घन्टामा ७ हजार २०९ पीसीआर तथा ४ हजार ८९० एन्टिजेन परीक्षण भएको छ।