१८ बैशाख, २०८१ मंगलबार

03:09:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप २३ जनामा कोरोना संक्रमण पुष्टि

Nepal Business

५ असार, २०७९

थप २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार २ सय ५४ पिसिआर परिक्षणका क्रममा १८ जना र ७ सय ७३ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु भएको छैन । थप १२ संक्रमित कोरोना मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय जना निको भएका छन् ।

हाल नेपालमा १ सय १० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।