२१ बैशाख, २०८१ शुक्रबार

11:35:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘नाडा अटो शो २०२२’को स्टल बुकिङ्मा उल्लेखिय सहभागिता

Nepal Business

५ असार, २०७९

‘नाडा अटो शो २०२२’ भदौ ७ गतेदेखि १२ गतेसम्म भृकुटीमण्डपमा हुँदै

‘नाडा अटो शो २०२२’को स्टल बुकिङ्मा उल्लेखिय सहभागिता

काठमाण्डौं । नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालद्धारा आयोजना हुने ‘नाडा अटो शो २०२२’ का लागि स्टल बुकिङ् उल्लेखिय सहभागिता रहेको छ ।

चार दिनका लागि खुल्ला गरिएको स्टल बुकिङ्मा दुई दिनमा नै सम्पूर्ण सम्भावित सहभागि कम्पनीहरुको दर्ता भएको नाडाले विज्ञप्तीमार्फत जानकारी दिएको हो । 

नाडाले असार दुई गते गरिएको गोला प्रथाबाट सबै कम्पनीहरुको प्रतिनिधि, प्रदर्शनी व्यवस्थापन कम्पनी ग्लेबल एक्स्पोजिशनका प्रतिनिधि, नाडा कार्य समिति पदाधिकारी सदस्य एंव नाडा अटो शो कमिटीका सदस्यहरुको सहभागितामा कम्पनीहरुलाई स्टलको छनोट एवं बाँडफाँड गरिएको पनि नाडाले जानकारी दिएको हो ।

‘नाडा अटो शो २०२२’ भदौ ७ गतेदेखि १२ गतेसम्म भृकुटीमण्डपमा हुँदैछ । कोरोना महामारीका कारण  २ वर्षपछि आयोजना भइरहेको छ । 

नाडाका अनुसार  विगतका संस्करणहरुभन्दा यस वर्ष कमर्शियल भेहिकलहरुको सहभागिता रहनुका साथै विद्युतीय सवारी साधानलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै दुई पाङ्गे्र विद्युतीय पेभिलियन समेत राखिएको छ । 

नाडा अटो शो समितिका सभापति अनुपकुमार बरालका अनुसार अटो व्यवसायीहरुको प्रोत्साहन, बजार सर्वेक्षण एवं नयाँ ब्राण्डहरुको प्रक्षेपणका लागि समेत नाडा अटो शो अपरिहार्य रहेको छ ।