१८ बैशाख, २०८१ मंगलबार

04:39:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप १४ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना संक्रमण मुक्त

Nepal Business

४ असार, २०७९

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १०४ रहेको छ ।

 थप १४ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना संक्रमण मुक्त
काठमाण्डौं । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिका ११ जना संक्रमण मुक्त भई घर फर्केका छन् ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ५९० पीसीआर परीक्षणमा ११ जना र ९४४ एन्टिजेन परीक्षणमा ३ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।
 
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १०४ रहेको छ । पछिल्लो २४ घण्टामा ६५ हजार २७८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।