२३ बैशाख, २०८१ आइतबार

05:58:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोमालियामा खाद्यान्न अभाव भएका क्षेत्रमा राष्ट्रसङ्घीय एजेन्सीद्धारा उद्धार सुरु

३ असार, २०७९

सोमालियामा खाद्यान्न अभाव भएका क्षेत्रमा राष्ट्रसङ्घीय एजेन्सीद्धारा उद्धार सुरु

मोगादिसु । सोमालियमा केही समयदेखि खडेरी र आन्तरिक द्वन्द्वका कारण उत्पन्न भएको खाद्यान्नको अभावको समस्या समाधानका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले एक न्यूनतम सहयोग कार्यक्रम सुरु गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरु विश्व खाद्य कार्यक्रम, युनिसेफ इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन, आइओएम र यी एजेन्सीहरुका सहयोगी दाता निकायहरु समेतको सहभागितामा यो न्यूनतम सहयोग तथा उद्धार कार्यक्रम सुरु गरिएको बताइएको छ ।

विश्व खाद्य कार्यक्रमका निर्देशक अल खिदर दालोमले यहाँका नागरिकमा खडेरीका कारण ठूलो समस्यामा परेका, भोकमरीका कारण उनीहरु विस्थापित भएका भन्दै मानवीय सहायता स्वरुप यो कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले  यहाँका लाखौँ नागरिक खडेरीबाट प्रभावित भएर भोकमरीमा परेका र दशौँहजार जना बालबालिका कुपोषणको शिकार हुन पुगेका भन्दै तत्कालका लागि यो सहायता कार्यक्रमले करिब एक लाख नागरिकलाई सहायता पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय एक अध्ययनले दिएको जानकारीअनुसार यहाँका नागरिक खडेरीको मारमा परेपछि सन् २०२१ देखि विस्थापित हुन थालेका र अहिले सम्म कम्तीमा पनि ८ लाख नागरिक विस्थापित भइसकेका देखाएको छ ।