२० बैशाख, २०८१ बिहिबार

10:35:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वाग्मती प्रदेशमा ७० अर्ब ९३ करोडको बजेट, चालु आबको भन्दा १३ अर्ब बढी

Nepal Business

१ असार, २०७९

चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ

वाग्मती प्रदेशमा ७० अर्ब ९३ करोडको बजेट, चालु आबको भन्दा १३ अर्ब बढी

मकवानपुर,
वाग्मगी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।   

प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले उक्त ठुलो आकारको बजेट प्रस्तुत गर्नुभयो ।

प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले उक्त ठुलो आकारको बजेट प्रस्तुत गर्नुभयो ।
 
जुन चालु आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ ।

प्रदेश सरकारले चालुतर्फ कुल बजेटको २७ प्रतिशत अर्थात् १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ५८ प्रतिशत अर्थात् ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरणतर्फ ११.७७ प्रतिशत अर्थात् ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २.८१ प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।