१८ बैशाख, २०८१ मंगलबार

01:18:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मनमोहन मेडिकल कलेज सरकारलाई बेच्न सञ्चालक तयार

Nepal Business

३१ जेठ, २०७९

उक्त प्रस्ताव मन्त्रीपरिषदमा लाने तयारी गरिएको छ

मनमोहन मेडिकल कलेज सरकारलाई बेच्न सञ्चालक तयार

काठमाडौं ।

प्रस्तावित मनमोहन मेडिकल कलेज बेच्न यसको सञ्चालक संस्था नेपाल स्वास्थ्य सेवा सहकारी संस्था तयार भएको छ ।

उक्त सहकारीको ३ वैशाखमा बसेको १६ औं साधारणसभाले काठमाडौंको दहचोक र स्वयम्भूमा रहेको जग्गा र संरचना सरकारलाई बेच्ने निर्णय गरेको थियो

उक्त सहकारीको ३ वैशाखमा बसेको १६ औं साधारणसभाले काठमाडौंको दहचोक र स्वयम्भूमा रहेको जग्गा र संरचना सरकारलाई बेच्ने निर्णय गरेको थियो र सोही निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेको कार्यवाहक अध्यक्ष जीवनप्रकाश शर्माले जानकारी दिनुभयो ।

‘यो संस्था २ अर्ब ३५ करोड लोनमा कहिलेसम्म बाँच्न सक्छ ? त्यसैले आफ्नो प्रोपटी सरकारलाई बेचेर लोनबाट मुक्त हुनुपर्छ भनेर गत माघ–फागुनबाट छलफल सुरु गरिएको थियो ।  उक्त प्रस्ताव मन्त्रीपरिषदमा लाने तयारी गरिएको छ ।