१८ बैशाख, २०८१ मंगलबार

12:26:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप १२ जनामा कोरोना संक्रमण पुष्टि, १६ जना संक्रमण मुक्त

Nepal Business

३१ जेठ, २०७९

हाल नेपालमा ९३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

थप १२ जनामा कोरोना संक्रमण पुष्टि,  १६ जना संक्रमण मुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा नेपालभर १६ जना कोरोना संक्रमण मुक्त भएका छन् । 

देशभर गरिएको १ हजार ४ सय ७३ पिसिआर परिक्षणका क्रममा ७ जना र ८ सय ६८ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण मंगलबार  कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ३३ जना निको भएका छन् । 

हाल नेपालमा ९३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।