२० बैशाख, २०८१ बिहिबार

04:01:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२४ घण्टामा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि

२१ पुस, २०७८

२४ घण्टामा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौै
पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार कोरोना भाइरस संक्रमणका कारण मुत्यु हुनेको संख्या शून्य छ। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६०१ जना रहेको छ।

यस्तै काठमाडौँ उपत्यकामा थप २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा २०९, भक्तपुरमा १८ र ललितपुरमा २६ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
पछिल्लो २४ घन्टामा २३९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार २२५ सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ६ हजार ७१५ पीसीआर तथा ३ हजार ५५२ एन्टिजेन परीक्षण भएको छ।