२० बैशाख, २०८१ बिहिबार

12:14:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लिबियाका पूर्व उपप्रधानमन्त्रीलाई ५ करोड अमेरिकी डलर भ्रष्टाचारको आरोप

२१ पुस, २०७८

लिबियाका पूर्व उपप्रधानमन्त्रीलाई ५ करोड अमेरिकी डलर भ्रष्टाचारको आरोप

 

लिवियाको पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीलाई भ्रष्टाचार गरेको आरोप लगाइएको छ । लिबियाका महान्यायाधिवक्ताको कार्यालयले पूर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री अल साद्धिक अब्दुल्करी करिमलाई ५ करोड अमेरिकी डलर भ्रष्टाचार गरेको आरोप लागाएको हो ।

करिमले आर्थिक अनियमितता गरेकोले उहाँमाथी अनुसन्धान भइरहेको अधिकारीहरुद्धारा बताइएको छ ।  

राष्ट्रपतिका उम्मेदवार समेत रहनु भएका करिमले आफू पदमा रहँदा न्युन गुणस्तरको सामग्रीलाई उच्च मूल्य तिर्नेगरी हस्ताक्षर गरेको पाइएको दाबी गरिएको छ । उहाँले कानुनको उलंघन र गलत प्रयोग गरेकाले उहाँमाथी अनुसन्धान गरी कारबाही गर्न महान्यायाधिवक्तको कार्यालयले माग गरेको छ ।  
रासस÷सिन्ह्वा