२५ बैशाख, २०८१ मंगलबार

06:13:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

५० दिनसम्म काम गर्दा मजदुरले ज्याला पाएनन्

२१ पुस, २०७८

वडा कार्यालयमा तालाबन्दी

५० दिनसम्म काम गर्दा मजदुरले ज्याला पाएनन्

पुस २१ कालिकोट
 कालिकोट सान्नीत्रिवेणी गाउँपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७÷७८ को सडक निर्माण गरेका मजदुरले ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरेका हुन । 

असार मसान्तमा नै मजदुरले भुक्तानी पाउनुपर्ने भए पनि हालसम्म ज्याला पाएका छैनन् । मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ सय ३२ कामदार वडा नं १ बाट छनोट भएका थिए । प्रति व्यक्ति ५० दिनसम्म काम गरे पनि कामदारले ज्याला नपाएको गोकर्णप्रसाद जैसीले जानकारी दिनुभयो । 
उहाँले आफुहरुलाई ५० दिनसम्म काम गर्न भनिएको र सोहीअनुसार काम गर्दा पनि ज्याला हालसम्म नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, ज्याला नपाउञ्जेल ताला खोल्ने पक्षमा हामी छैनौं । ताला वडाका ४८ महिला तथा पुरुष कामदारले वडा कार्यालयमै पुगेर लगाइएको थियो। 

रासस