१ जेठ, २०८१ मंगलबार

01:03:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

Nepal Business

२९ जेठ, २०७९

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार १ सय ६२ पिसिआर परिक्षणका क्रममा ११ जना र १ हजार २ सय ९१ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु भएको छैन । 

यस्तै थप १२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ४ जना निको भएका छन् ।

हाल नेपालमा १ सय ६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।