८ मंसिर, २०८१ शनिबार

06:20:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र निष्काशन गर्दै

Nepal Business

२९ जेठ, २०७९

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको

एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र निष्काशन गर्दै

काठमाण्डौं । एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ।  बैंकले उर्जा ऋणपत्र निष्काशनका लागि  धितोपत्र बोर्डसँग अनुमति मागेको जानकारी दिएको छ । 

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक ५.५ प्रतिशत ब्याजदर पाइनेछ ।

बैैंकले १० बर्ष अवधिको एभरेष्ट बैंक ऋणपत्र–२०८९ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापीटलले गर्नेछ ।